+
+
Shares

टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनीले ४२ लाख ३० हजार ६६८ कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि बुधबारदेखि खुलाएको छ।
  • कम्पनीले १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत सेयरमा २५ लाख १५ हजार ४५५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ।
  • आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ र न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

२३ वैशाख, काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणका लागि बुधबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ ।

जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड, कर्मचारी लगायतलाई छुट्याएपछि बाँकी रहेको जम्मा २५ लाख १५ हजार ४५५ कित्ता सेयर सर्वसाधारणका लागि अहिले खुला गरिएको हो ।

आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल तथा प्रत्याभूतिकर्तामा नेपाल लाइफ क्यापिटल रहेको छ। न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । जसको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।

कम्पनीले केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?