७ वैशाख, काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् ।
बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् ।
पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुरजको कोठासमेत खानतलासी गर्दा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ दिन म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4