२७ माघ, काठमाडौं । पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङले पक्राउ गरेको हो ।
उनीहरुबाट मेड इन युएस लेखिएको पेस्तोल एक थान, वाकिटकी २ थान र भरुवा बन्दुकजस्तो देखिने काठको हतियार १ थान बरमद भएको छ ।
सिलासको घरमा उक्त हतियार राखेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4