News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार र लहानका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्याँसको चरम अभाव देखिएको छ ।
- ग्याँस लिन उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलरको अगाडि घण्टौं लामो लाइनमा बस्न बाध्य भएका छन् ।
- उपभोक्ताहरूले बजारमा ग्याँस अभावसँगै मूल्यवृद्धिको मारसमेत खेप्नुपरेको गुनासो गरेका छन् ।
१९ साउन, सिरहा । सिरहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्याँसको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्यास डिलरको अगाडि लामो लाइनमा बस्न बाध्य भएका हुन् ।
गोलबजार नगरपालिका–४, लहान नगरपालिका–३ रघुनाथपुर चोक, सडक डिभिजन कार्यालय अगाडिका ग्यास डिलरलगायत स्थानमा बिहानदेखि नै उपभोक्ताको भिड लागेको छ । डिलरहरूले ग्यास बोकेको ट्रक दिउँसो करिब २ बजे आइपुग्ने जानकारी दिएपछि उपभोक्ताहरू घण्टौं पालो कुरेर लाइनमा बसेका थिए ।
गोलबजार नगरपालिका–६ का उपभोक्ता मुकेश नायकले बजारमा करिब दुई–तीन महिनादेखि नै ग्यासको अभाव रहे पनि पछिल्लो एक सातायता समस्या झन् गम्भीर बनेको बताए । ‘ग्यासको गाडी आउने खबर पाएपछि करिब १२ बजेदेखि लाइनमा बसेको छु । ग्याँस पाइन्छ कि पाइँदैन भन्ने अझै टुंगो छैन,’ उनले भने ।
यस्तै, गोलबजार नगरपालिका–४ का रामउदगार साहले पनि लामो समयदेखि पालो कुर्दै बस्नुपरेको गुनासो गरे । ‘१२ बजेदेखि लाइनमा छु। भर्खर मात्र ग्यासको गाडी आइपुगेको छ। अब कतिबेला पालो आउला भनेर पर्खिरहेको छु,’ उनले भने ।
गोलबजार नगरपालिका–३ का योगान्त लामाले बजारमा ग्यासको अभावसँगै मूल्यवृद्धिको मारसमेत उपभोक्ताले खेप्नुपरेको बताए ।


प्रतिक्रिया 4