Comments Add Comment

शरद र सुनीलले सम्हाले नेपाली पारी, १०० रनको आँकडा पार

१४ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानी यू-२३ टोलीबिरुद्ध अहिले ब्याटिङ गरिरहेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालको पारी सुरुवातमा केहि लड्खडाएपनि ओपनर सुनील धमला र पाचौं नम्बरका ब्याट्सम्यान शरद भेषावकरले सम्हालिएर खेलिरहेका छन् ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, त्यसपछि आएका सागर पुनले ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि नेपालको पारी सुरुवातमै कमजोर बनेको थियो ।

तर सुनील र शरदले सम्हालिएको ब्याटिङ गर्दै नेपालको पारी केहि उकासेका छन् । नेपालले ३७ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाएर ११४ रन बनाएको छ । सुनील ३७ र शरद ३५ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment