Comments Add Comment

बैशाख ३१ गते हुने चुनावमा पर्यवेक्षण गर्न चाहनुहुन्छ ?

१४ चैत, काठमाडौ । तपाईले काम गर्ने संस्था आगामी बैशाख ३१ गते सम्पन्न हुने निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक छ ? यदि छ भने निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्न इच्छुक संघ/संस्थाका लागि सुचना प्रकाशित गरी आहृवान गरेको छ ।

निर्वाचन आयोगले इच्छुक संघ/संस्थालाई १५ दिन भित्र आवश्यक डकुमेन्ट सहित आयोगमा निवेदन दर्ता गर्न आग्रह गरेको हो ।

इच्छुक संघ संस्थाहरुले राजधानीका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालय र जिल्लाहरुका लागि सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा दर्ता गर्न भनेको छ ।

निवेदन दिन आवश्यक विवरणहरु

इच्छुक संघ/संस्थाले संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, त्यस्तो संघ/संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संघ/संस्थाको विधानको प्रतिलिपि आवश्यक पर्छ ।

यस्तै संघ/संस्थाको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संस्थाको कार्यसमितिका पदाधिकारीहरुको नामावली, विगतमा गरेका राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण, पर्यवेक्षण सम्वन्धमा संस्घ/संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा कुनै अन्य प्रकाशन र संस्थाले तयार पारेको पर्यवेक्षक परिचालन सम्बन्धी नीति समेत पेश गर्नुपर्नेछ ।

यसैका आधारमा निर्वाचन आयोगले आगामी निर्वाचनमा पर्यवेक्षण गर्ने संस्था र व्यक्तिको नामावली प्रकाशन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment