Comments Add Comment

आरआर क्याम्पसमा १२७५ मत खस्यो, गणना आजै

१५ चैत, काठमाडौं । मानविकी संकायतर्फ देशकै ठूलो रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एक हजार २ सय ७५ मत खसेको छ ।

कुल ३ हजार ५ सय ८१ मतदाता रहेको निर्वाचन समितिका सदस्य बिनोद मञ्जनले जानकारी दिए । निर्वाचनमा बिभिन्न ५ विद्यार्थी संगठनका प्यानलबीच प्रतिस्पर्धा भएको छ ।

अनेरास्ववियु,नेविसंघ, अखिल क्रान्तिकारी प्रचण्ड, संयुक्त प्यानल र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले प्रतिस्पर्धा गरेका छन् । तर क्रान्तिकारीले भने मतदान बिथोल्न दिनभरीनै मतदानस्लमा ढुंगा प्रहार गरेको थियो । यसक्रममा पेट्रोल बम समेत प्रहार भएको र केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख छबिलाल जोशीले बताएका छन् ।

क्रान्तिकारीले आफ्नो प्यानललाई मत नदिन आग्रह गर्दै विद्यार्थी समक्ष नो भोटको अपिल गरेको थियो । क्रान्तिकारीले मतदान बहिस्कार गरेका कारण अनेरास्ववियु र नेविसंघका उम्मेदवारहरुबीचनै प्रतिस्पर्धा हुने देखिएको छ ।

मतगणना आजै हुने मञ्जनले बताए । निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाही, नेविसंघका वउत्तम वहादुर साउद र अखिल क्रान्तिकारी प्रचण्डका धु्रवराज वाग्लेको प्यानल प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment