Comments Add Comment

साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कँदै

१६ चैत, काठमाडौं । साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । बोआओ सम्मेलनमा भाग लिन चीन गएका प्रधानमन्त्री दाहाल बुधबार ११ बजे स्वदेश फर्कन लागेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ता गरेका थिए । चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेका थिए ।

सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए । सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए ।

चीन भ्रमणका क्रममा उनले बोआओ सम्मेलनलाई सम्बोधन गरेका थिए ।

नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री दाहालसहित नेपाली उच्चस्तरीय टोली चैत १० गते चीन गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment