
२१ चैत, काठमाडौं । सयौं मानिसको आउजाउ हुने त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा चितुवा पसेपछि एकाविहानैबाट खैला-बैला सुरु भयो । बुद्ध एयरका पाइलटले ४ नम्बर गेटतर्फको भागमा चितुवा देखेको खबर गरेका थिए ।
आधा घन्टा रनवे नै बन्द गरियो, जसले अन्तराष्ट्रिय उडान तथा अवतरण प्रभावित भयो ।
चितुवा नियन्त्रणका लागि जिल्ला वन कर्यालयको प्राविधिक टोली पनि विमनस्थलमा पुगेको छ । शिकारीसँगै प्रहरी खटियो तर, झण्डै ४ घन्टा खोज्दा पनि चितुवा भेटिएन ।
चितुवा विमानस्थलकै पानीको निकास गर्ने पाइपभित्र पसेको आशंकामा दमकलबाट पानीको फोहोरा हान्दा पनि भेटिएन । विमानस्थल प्रशासनका अनुसार बुद्ध एयरको पाइलटले भनेको बाहेक अरु कसैले चितुवा देखेका छैनन् ।
विमानस्थलमा अहिले पनि कडा सुरक्षा अपनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4