+
+

एमाले बैठकमा ओलीको ब्रिफिङ-अख्तियार र प्रहरी प्रमुख नियुक्तिमा चलखेल हुँदैछ

सर्बोच्चको आदेश नमानेर संवैधानिक अराजकता मच्चाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १३:५८

२१ चैत, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सरकारले सर्वोच्च अदालतको आदेश समेत पालना नगरेर संवैधानिक अराजकता मच्चाएको आरोप लगाएका छन् ।

निर्वाचन तयारीका सन्दर्भमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा पछिल्लो अवस्थाबारे सदस्यहरुलाई जानकारी गराउँदै ओलीले भने, ‘सरकार दबावमा परेर हो वा प्रलोभनमा परेर, सर्बोच्च अदालतको आदेश समेत पालना गरि रहेको छैन । यसमा हामी गम्भिर हुनुपर्छ ।’

ओलीले प्रहरी प्रमुख नियुक्तिमा राजनीतिक चलखेल भएको भन्दै कांग्रेस सभापति शेरवहादुर देउवाको प्रत्यक्ष स्वार्थ जोडिएको टिप्पणी गरे ।

ओलीको भनाइ उधृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘प्रहरी प्रमुख जस्तो सुरक्षाका दृष्टिले संवेदनशील पदमा राजनीतिक चलखेल भयो । अनुचित र अश्वस्था खालको निर्णय भएको भयो । अदालतले दिएको परमादेश समेत मानिएको छैन ।’

अध्यक्ष ओलीले संवैधानिक परिषद बैठक समेत नबोलाएको भन्दै प्रधानमन्त्रीको आलोचना गरे । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी नेताको हैसियतमा ओली पनि सदस्य छन् ।

परिषद बैठक नबस्दा महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति सिफारिस हुन सकेको छैन । ओलीले अख्तियार प्रमुख र आईजीपी नियुक्तिमा चलखेल भइरहेको बैठकमा बताएको ती सदस्यले जानकारी दिए ।

पार्टी स्थायी कमिटी बैठकमा ओलीले सरकार अपारदर्शी काममा लागेको र निर्वाचन आचारसंहिता विपरित गतिबिधि भइरहेकाले एमाले चूप बस्न नसक्ने बताएका थिए । उनले निर्वाचन आचारसंहिता उल्लंघनका गम्भिर खालका घटना भएकाले फेरि निर्वाचन आयोगको ध्यानाकर्षण गराउदै कारवाहीका लागि एमालेले दबाब दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?