Comments Add Comment

शनिबार पोखरा रंगशालामा नेपथ्यको कन्सर्ट

२५ चैत, काठमाडौं । ‘फेरि उठ्नेछ नेपाल’ अभियान अन्तर्गत करिव दुई बर्ष अघि गएको भूकम्पको स्मरणमा चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले शनिबार पोखरामा कन्सर्ट गर्ने भएको छ ।

पोखरा रंगशालामा कन्सर्टको आयोजना हुनेछ । यसको आयोजना तथा व्यवस्थापन इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्याडवागन बाई पोजिटिभ भाइब्सले गरेको छ ।

कार्यक्रमबाट उठेको रकमबाट श्री मनिला गौरिशंकर उच्च मावि, लवाङ घलेल तथा श्री भूमेश्वर उच्च माध्यमिक विद्यालय, सल्यानको पूर्वाधार विकास तथा अति बिपन्न विद्यार्थीहरुको शिक्षाका लागि खर्च गरिनेछ ।

‘कोका-कोला फेरी उठ्ने छ नेपाल’ अभियान कोकाकोला कम्पनीको सन् २०१५ देखिको निरन्तरता हो ।

२०७२ बैशाख १२ गतेको भूकम्पपछि पीडामा रहेका नेपालीलाई मनोरञ्जनका साथै सहायता प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment