Comments Add Comment

२ वर्ष हुन लाग्दा भूकम्पको क्षतीमा ७६ प्रतिशत भुक्तानी


२८ चैत, काठमाडौं । २ वर्ष हुन लाग्दा भुकम्पको क्षतीमा निर्जीवन बिमा कम्पनीहरुले  ७६ प्रतिशत भुक्तानी गरेका छन् ।

१६ निर्जीवन बिमा कम्पनीमा दाबी लाग्ने १६ अर्ब २७ करोड रकम (११ हजार ८ सय ६३ संख्या) मध्ये रकमको आधारमा ७६ प्रतिशत र संख्याको आधारमा ९४ प्रतिशत दाबी भुक्तानी भएको बिमा समितिले सार्वजनिक गरेको चैत १५ गतेसम्मको तथ्यांकले देखाउछ

१६ कम्पनी मध्ये लुम्बिनी जनरल इन्स्योरेन्सको भने शतप्रतिशत दाबी भुक्तानी भइसकेको छ । रकमको आधारमा एभरेष्ट इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्सको धेरै दाबी भुक्तानी हुन बाँकी छ । यी संस्थाको ४८ देखि ६१ प्रतिशत रकम भुक्तानी हुन बाँकी रहेको हो । यता, रकमको आधारमा ७८ प्रतिशत दाबी भुक्तानी गरिसकेको हिमालयन जनरल इन्स्योरेन्सको १ अर्ब ६ करोड रुपैयाँ बाँकी रहेको छ ।

बिमा कम्पनीहरुले पुनरबिमा कम्पनीबाट ७ अर्ब ३५ करोड भुक्तानी पाएका छन् । कुल दाबी भुक्तानीको करीब ५७ प्रतिशत रकम पुनरबिमा कम्पनीले व्यहोरेको देखिन्छ ।

नेपाल, दि ओरियण्टल, नेको , शिखर, सगरमाथा, प्रुडेन्सियल इन्स्योरेन्सको ८० प्रतिशतभन्दा बढि दाबी रकम भुक्तानी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment