Comments Add Comment

बुद्ध एयरलाई एफएनसीसीआई गोल्ड अवार्ड

२८ चैत, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघले बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मानित गरेको छ । ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा प्रज्ञाभवन कमलादिमा आयोजित एक समारोहमा महासंघले बस्नेतलाई सो अवार्ड प्रदान गरेको  हो ।  प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत् उनले अवार्ड ग्रहण गरेका हुन् ।

बुद्ध एयर नेपाली आकाशमा ट्रेन्डसेटर रहेको भन्दै महासंघले पुरस्कार प्रदान गरेको हो । बुद्ध एयरले स्थापनाको दुई दशक पुरा गरेको छ । यस अवधिमा बुद्ध एयरले हरेक तप्का सर्वसाधारणलाई हवाई यात्रा सस्तो, सजिलो र सुगम बनाई दिएको छ ।

बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीको साथै पर्वतीय उडान गरिरहेको छ । आन्तरिक उडानकाअलावा नियमित रुपमा भारतको वाराणसी र भुटानको पारोमा पनि चार्टड उडान गरिरहेको छ ।

पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्य मुलुकहरुसँग पनि सिधा उडान गर्ने बुद्ध एयरको योजना रहेको छ । यसका लागि आवश्यक गृहकार्यहरु पनि भईरहेकोछ ।

यस सफलताको पछाडि यात्रुगण, ट्राभल एजेन्सी, विभिन्न व्यवसायिक संस्थाहरु तथा बुद्ध  एयरका कर्मठ कर्मचारीहरु रहेको प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment