Comments Add Comment

सिराहाको सखुवा ननरकट्टीमा आगलागी, ५० घरगोठ जलेर नष्ट

फाइल तस्वीर

२८ चैत, विराटनगर । सिराहको सखुवा ननरकट्टी-८ मा भएको आगलागीमा ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । आगो अझै नियन्त्रणमा नआएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय हरिनारायण मण्डलको परालको टाटबाट सल्किएको आगोले ३० घर र ५० वटा गोठ जलेर नष्ट भएको हो । आगलागीबाट झण्डै डेढ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

साँझ साढे ६ बजेबाट सलिकएको आगोले बस्ती नै जलाएको हो । आगलागी नियन्त्रणका लागि प्रहरीसहित स्थानीयहरु खटिएका छन् । दुईवटा चौपाया पनि मरेका छन् । मानवीय क्षति भने नाएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment