Comments Add Comment

अर्यालले मध्यरातमै लगाए आईजीपीको फुली

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले मध्यरातमा नै फुली लगाएका छन् ।

गृह मन्त्रालयमा राति आयोजना गरिएकाे कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो ।
लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारहरुलाई अर्यालले फुली लगाइसकेपछि मात्रै तस्वीर खिच्न दिइएको थियो ।

यसअघि सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डीआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
आईजीपीमा नियुक्त भएलगत्तै अर्याल सिंहदरबार पुगेका थिए ।

याे पनि पढ्नुहाेस्

नयाँ आइजीपी अर्यालको लक्की दिन चैत २९ !

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment