Comments Add Comment

दलहरु मिल्नुको विकल्प छैन : सभामुख घर्ती

३ बैशाख, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताएकी छन् ।

सभामुख घर्तीले नयाँ नेपालको परिकल्पना साकार पार्न पनि राजनीतिक दलहरुले पार्टी भन्दा राष्ट्र र जनतालाई माथि राखेर काम गर्नुपर्ने आवश्यक्ता रहेको औल्याइन ।

नेपाल सद्भावना पार्टीको २८ औं स्थापना दिवसको अवसरमा आईतबार काठमाडाैंमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई समृद्ध बनाउन पनि दलहरु एकतावद्ध हुनै पर्ने बताइन ।

सभामुख घर्तीले मुलुकको आर्थिक समृद्धिको आधारसमेत दलीय एकता भएको पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment