Comments Add Comment

क्रान्तिकारीका अध्यक्ष न्यौपाने कोहलपुर मेयरकाे उम्मेदवार

४ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा माओवादीले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगएको छ ।

माओवादी केन्द्र कोहलपुरका अनुसार मेयरमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने र उपमेयरमा देबि थारुलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ ।

कोहलपुर नगर समितिले उनीहरुको नाम जिल्लामा सिफारिस गरेको र जिल्लाले प्रदेशमा सिफारिस गरेको थियो । प्रदेश समितिले दुबै जनालाई सर्वसम्मत रुपमा उम्मेदवार घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने आगामि दिनमा प्रदेश कै नेतृत्व गर्न सक्ने नेता भएको उनलाई मेयर पदका लागि अगाडि सारिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तेजप्रसाद चापागाँईले बताए ।

उनले कोहलपुरको बिकास निर्माणमा माओवादीको हस्तक्षेपपूर्ण उल्लेखनीय सहभागिताका साथै युवा नेतृत्वको कारण आफूहरुको जित सुनिश्चित रहेको दाबी समेत गरे ।

उपमेयर पदकी उम्मेदवार थारु लामो समयदेखि महिला एव थारु आन्दोलनमा सक्रिय भएकोले उनलाई उम्मेदवार बनाइएको कोहलपुर नगर समितिका सचिव अबिरल खडकाले बताए ।

यसैवीच माओवादी केन्द्र कोहलपुरले १५ बटै वडाका वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाएको जनाएको छ ।

माओवादी केन्द्रका अनुसार हालसम्म वडा नं. १ मा अमर चन्द, २ मा अमर बिक, ३ मा ताराकेशर रिजाल, ४ मा तिर्थराम थारु, ५ मा शिव सुनार, ६ मा रामशरण थारु, ७ मा छेदा थारु, ८ मा हस्त बिक, ९ मा छब्बन अलि नट, १० मा देबीलाल बोहरा ,११ मा शेषकान्त शर्मा, १२ मा दशरथा पराजुली, १३ मा गगन राना र १५ मा जगराम थारुसहित अन्य ४ जना सदस्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको हो ।

– संगिन शर्माबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment