Comments Add Comment

कांग्रेस उम्मेदवार सिफारिसको समयसीमा पाँच दिन थप


८ बैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका उम्मेदवार सिफारिस गर्ने समयसीमा पाँच दिन थप गरेको छ ।

कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाउन बैशाख ७ गतेसम्म समयसीमा निर्धारण गरेको थियो । तर, सो समयअवधिभित्र एउटा जिल्लाबाट पनि उम्मेदवार सिफारिस नभएपछि बैशाख १२ गतेको नयाँ समयसीमा निर्धारण गरिएको हो ।

नेपाली कांग्रेसका कार्यालय सचिव डा. प्रदीप पराजुलीले भने, ‘हिजोसम्मको समय अपुग भएपछि पुनः बैशाख १२ को समय दिएका छौं । त्यो दिनभित्र जसरी भएपनि उम्मेदवार सिफारिस गरिसक्न परिपत्र गरिएको छ ।’

बैशाख ३१ गते निर्धारित स्थानीय तहको निर्वाचन आउन अब २३ दिनमात्र बाँकी छ ।

कांग्रेस आन्तरिक छलफलमा

पूर्वनिर्धाति समयभित्र उम्मेदवार सिफारिस नभएपछिको अवस्था र आसन्न स्थानीय तह निर्वाचनको विषयमा शुक्रबार पनि कांग्रेसका शीर्ष नेताहरुको आन्तरिक छलफल जारी छ । यसबारे बिहीबार पनि पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो । बिहीबारको छलफलले नै उम्मेदवार सिफारिसको समयसीमा बढाउने निष्कर्ष निकालेको थियो ।

कांग्रेसले स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्दा सम्बन्धित निकायका समन्वय समितिको सिफारिसको आधारमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधानसभामा प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापति पदको निर्वाचनका निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमिति बैठकको सर्वसम्मत निर्णयलाई आधार मान्नुपर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment