Comments Add Comment

उदयको नेतृत्वमा चलचित्र संघका पदाधिकारीले गरे पदभार ग्रहण


चलचित्र संघका नयाँ पदाधिकारीहरुले कार्यभार ग्रहण गरेका छन् । केहि, महिना अगाडि हेटौडामा आयोजित साधारण सभाबाट प्रदिप कुमार उदय अध्यक्ष पदमा निर्विरोध विजयी भएका थिए ।

चलचित्र संघले चुनावबाट अध्यक्ष मात्र चुन्दै आएको छ भने अन्य पदाधिकारी अध्यक्षले चयन गर्ने व्यवस्था छ । सोहिअनुसार, चलचित्र संघको कार्यलयमा आयोजित कार्यक्रममा अध्यक्ष उदय लगायत अन्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

प्रथम उपाध्यक्ष विरेन्द्र नारायण श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मधुसुदन प्रधान, तृतीय उपाध्यक्षमा नरेन्द्र महर्जन, महासचिवमा अर्जुन श्रेष्ठ, उप-महासचिवमा मिजास पोखरेल, कोषाध्यक्षमा गोपालकाजी कायस्थलाई अध्यक्ष उदयले चयन गरेका हुन् ।

यस्तै, कार्यसमिती सदस्य पदमा त्रिरत्न मानन्धरलाई चयन गरिएको छ । यस्तै, उपत्यका सभापतिमा मदनमान बज्रचार्य, पश्चिमान्चल सभापतिमा कपिल प्रसाद द्धा, न्यायिक समिति सभापतिमा नारायणप्रसाद आचार्य, प्रदर्शन सभापतिमा त्रिरत्न मानन्धर, वितरण सभापतिमा विक्रम पराजुली, पूर्वाञ्चल सभापतिमा चैतन्य बराललाई मनोनयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment