Comments Add Comment

यस्तो छ अमेरिकामा खिचिएको नेपाली छोटो फिल्म ‘पोइजनर’


अमेरिकामा खिचिएको नेपाली छोटो चलचित्र विषघाती (पोइजनर) लाई दर्शकले मन पराएपछि निर्देशक मनोज अधिकारी दंग छन् । चलचित्र विषयमा अध्ययनको लागि अमेरिका पुगेका मनोजले न्युयोर्क फिल्म एकेडेमीमा चार महिना अध्ययन गरेका थिए । सोही अध्ययनको क्रममा उनले छोटो चलचित्र ‘विषघाती’ बनाए । ‘मैले बनाएको चलचित्र हेरेर हलिउडका निर्देशक समेतले स्याबासी दिनु भयो, एकदमै खुसी लागेको छ ।’

अमेरिका पुगे लगत्तै क्यालिफोर्नियाको ‘फिल्म एण्ड आर्टस’मा सहभागी भएका मनोजले त्यहाँ पनि चलचित्र सम्बन्धी अध्ययन गरे । उनको भनाइ अनुसार त्यो एउटा क्लब जस्तो थियो । हप्तामा दुई दिन चलचित्रका विषयमा छलफल हुन्थ्यो ।

चलचित्र एवं बृत्तचित्र निर्माणका वारेमा इन्टरनेटमा सर्च गरेर केहि जानकारी पाएपछि उनले बृत्तचित्र बनाए, ‘फायर सोल एण्ड फेथ’ । यसपछि उनले अर्को पनि बृत्तचित्र बनाए ‘डान्सिङ अन द फायर’ ।

केही स्थानमा यी वृत्तचित्र प्रदर्शन गरेपछि मनोजलाई लाग्यो कि थप अध्ययन गर्ने हो भने राम्रै चलचित्र बनाउन सकिन्छ । सबै भन्दा राम्रो चलचित्र अध्ययन गर्ने ठाउँ कुन होला ? धेरैले सुझाब दिए अमेरिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment