Comments Add Comment

निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेतालाई बोलायो

२७ वैशाख, काठमाडौं । बिभिन्न स्थानमा दलहरुबीच झडप हुन थालेपछि निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार दिउँसो चार बजेपछि आयोग कार्यालयमा शीर्ष नेताहरुलाई बोलाइएको हो ।

निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउने उद्देश्यले नेताहरुलाई छलफलका लागि बोलाइएको यादवले जानकारी दिए ।

दोलखा, रुकुम, सल्यान, गोर्खा लगायतका बिभिन्न स्थानमा राजनीतिक दलहरुबीच झडप हुँदै आएका छन् । त्यसलाई रोक्न पनि नेताहरुको ध्यानाकर्षण गराउने प्रमुख आयुक्त यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment