Comments Add Comment

जब आमाको ‘अस्थायी साधन’ हातमा समातेर बच्चा जन्मिएपछि…

अहिलेको प्रविधिले मानिसलाई जतिधेरै राहत दिएको छ उत्ति नै समस्या पनि खडा गरिरहेको छ । गर्भनिरोधका लागि महिलाहरुले विभिन्न खाले अस्थायी साधनहरु प्रयोग गर्ने गर्दछन् । त्यसमा पाठेघरभित्र राख्ने औजार आइयुसिडी पनि एक हो ।

 

तर जब पाठेघरभित्र उक्त अस्थायी साधन राखिरहेको बेलामै गर्भ रहन्छ र ती महिलाको गर्भबाट बच्चा जन्मिँदा बच्चाले सोही अस्थायी साधन हातमा छोपिरहेको हुन्छ, भने त्यसलाई विज्ञानको असफलता भन्ने कि चमत्कार ? साँच्ची आफैलाई संसारमा आउन नदिनका लागि आमाको पाठेघरमा राखिएको हतियारलाई हातमा पक्रेर अमेरिकामा एउटा बच्चा जन्मिएको यो खबर अहिले खुबै चर्चामा छ ।

घटना अमेरिकाको टेक्सासको हो । लुसी हेलेन नामकी महिलाले तत्काल बच्चा जन्माउन चाहन्नथिन्, त्यसैले उनले पाठेघरमा राख्ने गर्भनिरोधको अस्थायी साधन प्रयोग गरिन् । तर सायद भावीलाई त्यो स्विकार्य थिएन । पाठेघरमा अस्थायी साधन राखेको ४ महिनामै उनको गर्भ रह्यो ।

अघिल्लो हप्ता उनले एउटा सुन्दर बच्चा जन्माइन् । बच्चा जति सुन्दर छ सोसल मिडियामा उत्ति नै चर्चाको केन्द्र बनिरहेको छ ।

दुनियामा हरेक सेकेण्डमा तिनजना बच्चा जन्मिरहेका हुन्छन् भने यो बच्चाले मात्र किन चर्चा पायो त ? गर्भनिरोधको साधन प्रयोग गरिरहेको बेलामा गर्भ रहेर जन्मिएको भएर मात्र यसको चर्चा भएको होइन । यो बच्चाले जन्मिने बेलामा जुन वस्तु हातमा समातिरहेको थियो त्यो नै चर्चाको कारण हो ।

वास्तवमा लुसीले गर्भनिरोधका लागि पाठेघरमा राखेको अस्थायी साधनलाई हातमा पक्रेर उनको छोरा यो दुनियामा प्रकट भयो ।

लुसीले आफ्नो छोराको उक्त फोटो सोसल मिडियामा शेयर गरिन्, जसको क्याप्सन थियोः irena बर्ष ।

अस्थायी साधन पक्रिएर जन्मिएको बच्चा स्वस्थ छ र तौल पनि अन्य बच्चाको भन्दा धेरै छ ।

लुसीका अनुसार उनीहरुले यो बच्चाको कुनै योजना बनाएका थिएनन् । तर बच्चा जन्मिएसँगै त्यसले असीम खुसी ल्याएको छ उनको परिवारमा । उनी भन्छिन् ः मैले यति खुसी त कहिल्यै महसुस गरेकै थिइन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment