Comments Add Comment

राष्ट्रिय सहकारी बैंक पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

 

७ जेठ, काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई पनि अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध गराएको छ ।

यो सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध निर्देशक के.बी. उपे्रतीले हस्ताक्षर गरे ।

अप्रत्यक्ष सदस्य रहेको यस सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सहकारी बैंकबाट प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानी सजिलै गर्न सकिने छ ।

यस अघि नगद र चेकबाट हुँदै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हुँदा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने विश्वास (एनसीएचएल)ले लिएको छ ।

एनसीएचएल प्रणालीमा हाल सम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ५ अन्य कम्पनीहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेका छन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी यस प्रणालीबाट हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment