Comments Add Comment

छानविनको लागि प्रज्ञान सेक्युरिटिजको कारोवार रोक्का

७ जेठ, काठमाडौं । धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजको कारोबार रोक्का गरेको छ ।

कम्पनीको विराटनगर शाखाले सिभिल बैंकले हकप्रद सेयर जारी गर्ने भएको भन्दै लगानीकर्तालाई सेयर खरिद गर्न सुझाउने गरेको आरोप लागेको छ ।

सिभिल बैंकबाट सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएको भन्दै  वोर्डले आवश्यक छानविन कार्य अगाडि वढाएको छ ।

साथै उक्त छानबिन कार्य सम्पन्न नभइन्जेलसम्मको लागि प्रज्ञान सेक्युरिटिजलाई सोमबार देखि कारोबार गर्न नपाउने गरि निलम्बन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment