Comments Add Comment

हिंसारहित निर्वाचनका लागि सरोकारवालाको सामूहिक प्रतिबद्धता

७ जेठ, धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जेठ ३१ गते हुन गईरहेको निर्वाचन हिंसा मुक्त रूपमा सम्पन्न गर्न सबै सरकारी संयन्त्र प्रयोग गरिने गरी तयारी भईरहेको बताएका छन् ।

युएनडिपी नेपालले आइतबार धनगढीमा आयोजना गरेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हिंसारहित बनाउन सरोकारवालाको सामूहिक प्रतिबद्धता विषयक कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यस्तो बताएका हुन् ।

उनले निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन आफ्नो दायित्व रहेको बताउदै मतदाता शिक्षालाई सबै पक्षले मतदातासम्म लैजाने र मतदाताले दिएको मतबदर हुन नदिनको लागि पनि पहल गरिनु पर्ने बताए ।

जिल्लामा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी पनि सत्ताधारी दलको भएकोले सबै राजनीतिक दलले आ-आफ्नो प्रचार शैलीलाई निर्वाचन आचारसंहिता भित्रै रहेर सञ्चालन गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले निर्वाचनमा सबैले भयरहित वातावरणमा भाग लिनसक्ने बाताबरण बनाउनको लागि आफ्नो पार्टीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले पार्टीले मतदाता साक्षर अभियान र प्रचार एकैपटक सञ्चालन गर्ने गर्ने कतिपय कुरामा जिल्ला स्तरबाट केही गर्न नसकिने बताए ।

कार्यक्रममा माओवादी केन्ऽ कैलालीका सूर्य सुवेदी, राप्रपा नेपाल कैलालीका गजेन्द्र बहादुर सिंह, नयाँ शक्ति नेपालका कृष्ण कुमार चौधरी, राष्ट्रिय जनता पार्टिकाका केन्द्रित सदस्य फोनीराम चौधरी, ईन्सेकका संयोजक खडकराज जोशी, कानून व्यवसायी बिरबहादुर जेठारा र पत्रकार दीर्घ उपाध्यायले लगायतका वक्ताले निर्वाचनलाई निष्पक्ष र हिन्सा रहित बनाउन राजनितिक दलहरू जवाफदेही र जिम्मेवार हुनु पर्ने कुरामा जोड दिए ।

सञ्चारकर्मी उम्मीद बागचन्दले सहजिकरण गरेको कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्याल र युएनडिपीका अर्जुन कुश्वाहको प्रस्तुति रहेको थियो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन भयरहित बनाउन आ-आफ्नो क्षेत्रबाट पहल गरिनु पर्ने सहभागिहरूले सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment