Comments Add Comment

हिमालयन इन्स्योरेन्सले १६६ प्रतिशत हकप्रद दिने


९ जेठ, काठमाडौं । हिमालयन इन्स्योरेन्स कम्पनीले १ सय ६६ प्रतिशतको दरमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले १ सय अंकित मूल्यको आधारमा ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ प्रदान गरेको छ । समग्र अवस्थाको आधारमा प्रदान गरिएको यो रेटिङले कम्पनीको हकप्रद आधारभुत पक्ष औसत रहेको छ ।

सकारात्मक पक्ष

लामो अवधिदेखि सञ्चालनमा

बैदेशीक प्रत्यक्ष लगानी रहेका संस्थाहरु ग्राहक

अनुभवी व्यवस्थापन समूह

पर्याप्त प्रत्याभुती क्षमता

पर्याप्त पुरबिमाको व्यव्स्थापन (महाविपत्ती कोषसहित)

समष्ठिगत सुचक (कम्बाइन रेसियो) समग्र क्षेत्र (८६ प्रतिशत) को भन्दा राम्रो (५९ प्रतिशत)

नेटवर्थमा प्रतिफल १९ प्रतिशत

भूकम्पको कारण परेको ५ अर्ब दाबीमा कम्पनीको आफ्नो दायित्व मात्रै १ करोड ५० लाख रहेको

नकारात्मक पक्ष

व्यवसायको वृद्धि मध्यम (ग्रस प्रिमियम रिर्टन १५ प्रतिशत र नेट प्रिमियम रिर्टन ४)

ग्राहकमा उच्च केन्द्रिकरण (१० ग्राहकबाट ग्रस प्रिमियम रिर्टन ६३ प्रतिशत बराबर)

संस्थागत ग्राहकमा अधिक निर्भर (ग्रस प्रिमियम रिर्टन ८५ प्रतिशत बराबर)

कम्पनीको पुँजी वृद्धि योजनाले प्रतिफल थप घट्ने सम्भावना

अन्य जानकारी

भूकम्पको दाबी मध्ये १ अर्ब तिर्न बाँकी

कम्पनीको चैतसम्मको वित्तीय वितरणमा भने सबै खाले गरि ४ अर्ब ३७ करोड दाबी भुक्तानी बाँकी रहेको उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment