Comments Add Comment

तीन खानसँग काम गर्दाको क्षण अविष्मरणीय: मनिषा कोइराला


केही बर्ष बलिउड चलचित्रबाट गायब भएकी नायिका मनिषा कोइराला अहिले चलचित्र ‘डीयर माया’को प्रचार प्रसारमा ब्यस्त छिन् । त्यसो त ‘डीयर माया’पछि उनी सञ्जय दत्तको बायोपिक चलचित्रमा पनि काम गर्दैछिन् ।

कुनै समय बलिउडकी चर्चित मानिने नायिका मनिषा तीन खानसँग काम गरेको समय आफ्नो लागि अविस्मरणीय भएको बताउँछिन् । उनले ‘दिल से, खामोशी द म्युजिकल र मन’मा तीन खानसँग काम गरेकी थिइन् ।

‘दिल शे’मा साहरुख खानसँग काम गरेकी मनिषाले ‘खामोशी द म्युजिकल’मा सलमान खानसँग काम गरेकी थिइन् । ‘मन’मा आमिर खानसँग काम गरेकी मनिषा अहिले पनि तीन खानलाई प्रभावशाली मान्छिन् । ‘तीनै जना सुपरस्टार हुन् । उनीहरुसँग काम गर्दा निकै मज्जा आउँछ ।’

मनिषाले भनिन् । शुक्रवार रिलिज हुने ‘डीयर माया’ले मनिषाको चलचित्र करिअरमा नयाँ बहार आउने अनुमान समिक्षकहरुले गरेका छन् । यस चलचित्रमा उनले एउटा मध्यम वर्गीय महिलाको भुमिका निर्वाह गरेकी छिन् , जो प्रेमको खोजीमा हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment