Comments Add Comment

एकाबिहानै नयाँ दिल्लीमा भूकम्पको झड्का

१९ जेठ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली र त्यस आसपासका क्षेत्रमा शुक्रबार सबेरै भूकम्पको झड्का महशुस गरिएको छ ।

शुक्रबार बिहान ४ बजेर २६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ बिज्ञान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र दिल्ली र हरियाणाको सीमाक्षेत्रमा पर्ने खरखोदा रहेको बताइएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

भूकम्पपछि समाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने आफ्नो अनुभव सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment