Comments Add Comment

मोदी आजबाट चुनावी अभियानमा, पहिलो सम्बोधन जम्मु काश्मिरबाट

१४ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनावी प्रचार अभियान थाल्ने भएका छन् ।

मोदीले जम्मु काश्मिरबाट चुनावी अभियान थाल्ने भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ ।

‘प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरू गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,’ भाजपा महासचिवको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूे लेखेका छन् ।

सन् २०१४ मा भएको निर्वाचनमा भाजपा जम्मु, उदामपुर र लाडाख गरी ३ सिटमा विजयी भएको भएको थियो ।

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । त्यहाँ अप्रिल ११ बाट मतदान सुररू भर्र्इ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायत निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।

तल्लो तहबाट नेता छनोट गर्ने प्रक्रिया मन नपराएर क्षेत्रीय पार्टीहरूले निर्वाचन बहिष्कार घोषणा गरेको प्रतिक्रिया भाजपाले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment