Comments Add Comment

अब रक्सीको बोतल बोक्नै परेन, चिनले बनायो वाइन राख्ने लेडिज ब्याग

वाइन पारखी महिला मित्रहरु, तपाइँको विन्ती सायद सुनियो क्यारे । त्यसैले यस्तो लेडिज ब्याग बनाइएको छ जहाँ दुई गिलास वाइन खन्याउन सकिन्छ ।

द बेल्ला विटा नामक उक्त लेडिज पर्समा वाइन खन्याउने एउटा धारो छ भने ब्यागभित्र झण्डै डेढ लिटर वाइन अट्ने कोठा छ ।

यो वाइन ब्यागलाई ७७ डलर मूल्इ तोकिएको छ । फेसन र स्टाइलमा ध्यान दिने वाइनका पारखी युवती तथा महिलाहरुको हितलाई ध्यानमा राख्दै यो ब्यागको डिजाइन गरिएको हो ।

बेला बिटाका सर्जक हुन् गुनर ह्यामरबेक र मेरिसा चाइना । अमेरिकाको एरिजोनामा रहेको बेला बिटा कम्पनी खासगरी वाइन तथा फूडका लागि प्याकिङ र एसेसरिज डिजाइन गर्ने गर्दछ ।

वाइन ब्याग चाहीँ यसको सबैभन्दा पछिल्लो सिर्जना हो । वाइनका पारखीहरुले कहीँ डुल्ज जाँदा यो झोलाको माथिल्लो भागमा रहेको प्वालबाट वाइन खन्याउनेछन् र आफुले चाहेको बेला झोलाको मुनिपट्टि रहेको धारो खोलेर वाइन ग्लासमा थापेर वाइन पिउन सक्नेछन् । हेरौँ यो गज्जबको वाइन ब्यागका केही तस्वीरहरु एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment