Comments Add Comment

पेस्तोलसहित पक्राउ परे पप्पु यादव

२२ जेठ, सप्तरी । सप्तरीको बोदे बसाईन नगरपालिका १४ स्थित नेगडा गाउँबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बोदे बसाईनबाट खटिएको टोलीले स्थानीय ३० बर्षीय पप्पु यादवलाई पक्राउ गरेको हो ।

शंकास्पद अबस्थामा नेङ्गडा चोकमा बसिरहेका उनलाई चेकजाँच गर्ने क्रममा मेड ईन यूएसए लेखिएको पेस्तोल एक थान र ४ राउण्ड गोली लोड गरी राखिएको अबस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

पेस्तोल र गोलीसहित पक्राउ परेका यादबको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment