Comments Add Comment

दुर्घटनामा सैनिकको मृत्यु

२६ जेठ, बर्दिया । यहाँको ठाकुरबाबा नगरपालिका-६ खैरीस्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार दिउँसो १ बजे भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए । दुर्घटना परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुबैजना नसिङ्दल सुर्खेतमा दरबन्दी भई स्थानीय निर्वाचनमा खटिएका सैनिक हुन् । उनीहरु नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत जवान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment