Comments Add Comment

क्यान्सर पीडित गौतमलाई कात्तिके देउराली समाज कोरियाको सहयोग

१६ जून, दक्षिण कोरिया । फोक्सोको क्यान्सर पीडित काभ्रेे चौरीदेउराली गाँउपालीका-६ का २७ वर्षीय निर्मल गौतमलाई कात्तिके देउराली समाज दक्षिण कोरियाले ९७ हजार ७ सय ४६ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

करिव २ महिनादेखि सुरुमा ओम अस्पताल र हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचारार्थ गौतमका परिवारले आर्थिक अवस्थाका कारण उपचारका लागि समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेको खबर पाएपछि समाजले तत्काल आफ्नो आपतकालिन कोषबाट सहयोग उपलब्ध गराएको अध्यक्ष किशोरराज गिरीले जानकारी दिए ।

‘जब हामीलाई यो खबर प्राप्त भयो निर्मल भाईको उपचारका लागि कुनै कमि नहोस र उनको स्वास्थ्यलाभ छिटो होस भन्ने कामनासहित हामीले सम्पूर्ण समाजका साथीहरूसंग छलफल गरी तत्काल यो सहयोग उपलब्ध गराएका हौ’ अध्यक्ष गिरीले भने ।

आफ्नो जन्मथलोमा सामाजिक कार्यमा अग्रसर समाजले यसअघि पनि यस्ता विरामीलाई सहयोग, धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग, चौरीदेउराली गाँउपालिकामा एम्बुलेन्स सहयोग लगायतका कार्य गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment