Comments Add Comment

प्रवासी नेपाली मञ्च डेनमार्कमा चापागाई

१९ जून, कोपनहेगन । प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको चौथो राष्ट्रिय अधिबेशनले नयाँ समिति चयन गरेको छ ।

हालै सम्पन्न भएको अधिबेशनले शिव चापागाईको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो ।

उपाध्यक्षहरुमा दिपक पाण्डेय, जयलाल न्यौपाने र कमल शिवाकोटी, महासचिवमा कृष्णप्रसाद सुबेदी र सचिवमा रमेश पाठक छन् । सदस्यहरुमा कृष्ण धानुस्क, सकुन्तला सुनाम, अर्जुन पौडेल, हरी क्षेत्री, निरंजना देवकोटा,लक्ष्मी नारायण पौडेल र सन्तोष आधिकारी छन्।अधिबेशनले सस्थाका पूर्व अध्यक्ष घनश्याम गौतमलाइ यूरोप प्रतिनिधि चयन गरेको छ ।

मे २७ मा अधिवेशन भएको भएपनि विविध कारण जून १७ मा सार्वजनिक गरिएको हो । मञ्चका निवर्तमान अध्यक्ष कृष्ण पौडेलले नयाँ कमिटिको सार्वजनिक घोषणा तथा परिचय गराएका थिए ।

चौथो अधिबेशन आयोजक कमिटिका संयोजक सुशिल घिमिरेको सभापतित्वमा सम्पन भएको उक्त कार्यक्रममा एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्ऽ चुडाल,नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु सोम सापकोटा र दीपक सापकोटा,जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्ऽसिंह कार्की, नेपाली जनप्रगतिशील मञ्चका महासचिब महेशकुमार खातीर र प्रवासी मञ्च डेनमार्कका सल्लाहकार शिव कार्कीले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

नव निर्वाचित कमिटी अध्यक्ष शिव चापागाईले आफ्नो धाराणा राख्दै यहाँ स्थित विभिन्न संघसस्थाहरु बीच हातेमालो गर्दै आगाडी बढ्ने कुरामा बिशेष जोड दिए ।

यसैबीच कार्यसमितिको हालै सम्पन्न बैठकले निवर्तमान अध्यक्ष कृष्ण पौडेल प्रमुख सल्लाहकार रहने गरी एक सल्लाहकार समिति गठन गरेको छ ।

साथै निवर्तमान उपाध्यक्ष स्व.बिष्णुप्रसाद पौडेलको प्रथम वाषिर्क पुण्य तिथिमा मञ्चले एक स्मारिका प्रकाशन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment