Comments Add Comment

विराटनगरमा ११ जनाको उम्मेदवारी फिर्ता

 

६ असार, विराटनगर । दोस्रो चरणको स्थानीय तहको चुनावका लागि विराटनगर महानगरपालिकामा उम्मेदवारी दर्ता गरेका ११ जनाले फिर्ता लिएका छन् ।

गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयका मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवारले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रलेका अनुसार विराटनगरका विभिन्न वडाका ११ जना स्वतन्त्र वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

दलको तर्फबाट उम्मेदवार बनेकोले भने कसैले उम्मेदवारी फिर्ता नलिएको मुख्य पोख्रेलले जानकारी दिए ।

विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा १४, उपमेयरमा ११ र वडा अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको छ ।

असार १४ गते तोकिएको दोस्रो चरणको स्थानीय तह चुनावका लागि मनोनयन दर्ताको क्रममा १४ जना मेयरका उम्मेद्वारमध्ये ७ जना पार्टीगत र ७ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेको थिए ।

यस्तै, ११ जना उपमेयरको उम्मेद्वारमध्ये ५ जना पार्टीगत र ६ जना स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुले मनोनयन दर्ता गएको २४ घण्टा भित्र आफनो उम्मेदवारी फिर्ता लिन सक्ने समय मंगलबारसम्म थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment