Comments Add Comment

अन्तिम दिन करिब ५ अंकले बढ्यो नेप्से, सातामा भने २५ अंक गुम्यो


८ असार, काठमाडौं । अन्तिम दिन नेप्से परिसूचक करिब ४.८ अंकले बढेर १५६१ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकले साताभरमा भने २५ अंक गुमायो । गत साताको विहीवार १५८४ मा रहेको नेप्से यस साता भने १५५९.४९ बिन्दुमा आइपुगेको छ ।

यस साताको विहीबार ‘अन्य’ समूहको परिसूचक बाहेक सबै समूह बढेका छन् । कारोबार रकम भने ६७ करोड रुपैयाँमा पुगेको छ । यस दिन पनि कारोबारमा आएका ९० प्रतिशत कम्पनीको सेयर मूल्य परिवर्तन मनन योग्य दरमा भएको छैन् । मूल्य बढ्ने वा घट्ने अधिकांशको सेयर मूल्य परिवर्तन निकै कम दरमा भएको छ ।

यद्यपी बजार बुलिश प्रवृतिमा अगाडी बढेको एड्भान्स टु डिक्लाइन रेसियो (मूल्य बढेको तुलनामा घट्ने कम्पनीको अनुपात/एडी रेसीयो)ले देखाउछ । यस दिन नेप्सेको एडी रेसियो १.२६ प्रतिशत रहेको छ । यस दिन मूल्य घट्ने कम्पनीको संख्या ५६ र मूल्य बढ्ने कम्पनीको संख्या ७१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment