Comments Add Comment

राजको पीडा गीतमा, ‘आँखामा कुनै सपना छैन’ सार्वजनिक


गायक राज सिग्देलले नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । ‘उ जितेर गई या हारेर गई’ बोलको गीतका गायक सिग्देलले ‘आँखामा कुनै सपना छैन’ बोलको गीत बजारमा ल्याएका हुन् ।

यो गीतमा गायकले जीवन चोटै चोट र पीडैपीडाको भूमरिले छोपेको कुरालाई प्रस्तुत गरेका छन् । गायक सिग्देलले नै भिडियोमा मोडलिङ गरेका छन् ।

हरि बस्ताकोटीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । यूवराज वाइवाले म्यूजिक भिडियोको निर्देशन गरेका छन् । उत्सव दाहालले यो भिडियो छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment