Comments Add Comment

पाचौं अभ्यास खेलमा नेपाली यू-१९ टिमको पहिलो हार

२९ असार, काठमाडौं । अण्डर नाइन्टिन विश्वकप छनौटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पाचौं अभ्यास खेलमा पहिलो पराजय ब्यहोरेको छ ।

दिल्लीको ग्रेटर नोयडामा भएको खेलमा नेपाली युवा टोलीले नोयडा-११ टोलीसँग ६८ रनको पराजय ब्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नोयडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २३४ रन बनायो । नेपाली बलरहरु फ्लप भएको आजको खेलमा नोयडाका ओपनर तान्मे श्रीवास्तलले अविजित १२० रनको शतकीय पारी खेले । अर्का ओपनर राहुल यादवले पनि ३३ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतो र पवन सर्राफले २/२ विकेट लिए ।

२३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको नेपाली टोली ४२ ओभरमा १६६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५५ रन बनाएपनि अन्यको प्रदर्शन गतिलो रहेन । ओपनर सन्दिप सुनारले ३६, विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले ३१ र आशिफ शेखले १० रन बनाएपनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

अभ्यासका लागि भारतमा रहेको नेपाली टोलीले पाँचौं अभ्यास खेलमा पहिलो हार व्यहोरेको हो । यसअघिका तीन खेल जितेको नेपालको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment