Comments Add Comment

चलचित्रसँगै व्यापार-व्यवसायमा विल्सन र केकीको रूची


हाँस्य कलाकार विल्सन विक्रम राइ र नायिका केकी अधिकारीले चाडै नै व्यवसाय सुरु गर्ने बताएका छन् । ललितपुरको कुमारी पार्टीमा संचालनमा आएको ‘फेमिली स्टोर उद्घाटन’ गर्न पुगेका यी दुइ कलाकारले चलचित्र यात्रासँगै व्यवसायमा पनि रुची देखाएका हुन् ।

यो स्टोरमा एउटा परिवारका लागि आवश्यक पर्ने सबै सामग्री उपलब्ध रहेको संचालकले बताएका छन् । फेमिली स्टोर गत भ्यालेन्टाइन डेबाट काठमाण्डौको भिमसेन गोलामा पनि संचालनमा आएको थियो ।

चलचित्र ‘रातो घर’मा लगानी गरेका विल्सनले आफूलाई पनि व्यवसाय संचालन गर्न मन लागेको सुनाए । नायिका अधिकारीले भने होटल व्यवसाय संचालन गर्न मन लागेको सुनाइन् ।

राजेन्द्र लिङ्दिनेको लगानीमा संचालनमा आएको यो स्टोरमा बच्चाहरुका लागि विशेष खेलौना तथा सामानहरु उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment