Comments Add Comment

महकाली तटबन्ध बाढीले बगायो

११ साउन, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ ।

महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरिरहेको महाकाली तटबन्धको प्याकेज नम्बर १० बंगाबगड क्षेत्रको महाकाली तटबन्धको १०/१० मिटरका २ ओटा ग्र्याभेटी पर्खाल नदीले बगाएको आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए । बुधबार बिहान महाकाली नदीले खोतीला पहिरो क्षेत्रको वारिपट्टीको महाकाली तटबन्धको २ ओटा पर्खाल नदीले बगाएको छ भने सोही क्षेत्रमा २ ओटा पर्खाल जोखिममा रहेको छन् ।

२ ओटा पर्खालहरु समेत भासिन लागेकोले जोगाउन ग्याविन जाली लगाउने तथा ढुङ्गा भरानको काम भइरहेको आयोजना प्रमुख देबकोटाले बताए ।

सिमेन्ट कम हाली छिटो काम सिध्याउन ठेकेदारको लापरबाहीका कारण गुणस्तरहीन तटबन्ध निर्माण गरेको आरोप लगाउदै बंगाबगर बासीले आक्रोस पोखेका छन् ।

तर, आयोजना प्रमुख देवकोटाको अनुसार खोतिला पहिरोका कारण नेपालतिर बढि नदीको बेग भएको कारण समस्या भएको हो । ‘रड बिनै ब्लक राखिएको कारण नदीको बेग थाम्न सकेको छैन । पर्खाल लगाउने बेलै पहिरो आएको र खोला किनारबाटै पर्खाल उठाइएको कारण समस्या भएको हो’ उनले भनेका छन् ।

यसअघि भएको वर्षाका कारण पनि प्रखाल भासिएको थियो । भत्काएको क्षेत्रमा ग्याबीन जाली र ढुंगा राखिएको थियो । भत्काएर अड्कीएको पर्खाल नदीले बगाएको स्थानीय चक्र बहादुर वमले जानकारी दिए ।

निरन्तर बर्षा हुँदा अहिले पनि बंगाबगड बासी बाढीको त्रासमा छन् । नदीमा पानी बढ्ने वित्तिकै सुत्न पाइदैँन बमले भने, कति बेला नदी बढ्छ र बगाउँछ भन्ने चिन्ताले बंगाबगड बासी तथा सदरमुकाम खलंगा बासी पिरोलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment