Comments Add Comment

माओवादीले शीर्ष नेतालाई प्रदेश नं.२ मा खटायो, को कहाँ खटिए ? (सूचिसहित)

१८ साउन, काठमाडौं । माओवादी केन्द्रको असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तह चुनावमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बुधबार दिउँसो बसेको कार्यालय बैठकले शीर्ष नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको हो ।

बैठकले प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’लाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’लाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेको हो ।

बैठकले ७ वटै प्रदेशहरुमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यहरुको कार्यविभाजन समेत गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment