Comments Add Comment

प्राइम बैंकको नाफा १ अर्ब ४१ करोड


२० साउन,, काठमाडौं । गत आव २०७३/७४ मा प्राइम बैंकको नाफा करिब ३३ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ११ करोड रहेको थियो ।

 

बैंकको खुद व्याज आम्दानी करिब २० प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३२ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ४१ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

बैंकले यसअघि नोक्सान वापत राखेको १८ करोड ५६ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर २२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.७८ प्रतिशत रहेको छ भने प्रावधान २ सय ६ प्रतिशत गरेको छ ।

 

बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि केही घटेको छ । यो दर १९.९६ प्रतिशत छ । प्रतिसेयर आम्दानी २३.४४ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब १२ करोड रहेको छ ।

 

बैंकको निक्षेप संकलन ३६ प्रतिशतले बढेर ६५ अर्ब र कर्जा लगानी ४३ प्रतिशतले बढेर ५७ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७६.८० प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.६४ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.३६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपैयाँ रहेको छ ।

 

बैंकको कर्मचारी लागत करिब ८ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ४ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा २ अर्ब, ओभर ड्राफ्ट शीर्षकमा १६ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment