२१ साउन, भक्तपुर । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको शुक्रबार मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ ।
गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।
डा बर्माले भने, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।”
अस्पतालमा चार दिनसम्म उपचार गराएपछि घर पठाइने अस्पतालले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4