शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी

२२ साउन, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरे ।

संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी भएका छन् । भने द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त गरी माया शेर्पा विजयी भइन् ।

त्यस्तै महासचिवमा कुलबहादुर गुरुङ ३८१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवमा ३५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी भएको नवनिर्वाचित सदस्य विनय शाक्यले जानकारी दिए ।

त्यसैगरी सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएका छन् ।

शनिबार बिहान देखि अपराह्न ४ः२० सम्म मतदान भएको निर्वाचनको मतगणनाको परिणाम आज बिहान १ बजे सार्वजनिक भएको थियो । एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका छन् ।

तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

 

२०७४ साउन २२ गते ८:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this