Comments Add Comment

चेलीबेटी बेचबिखनको आरोपमा कैलालीको त्रीनगर नाकाबाट २ पक्राउ

२५ साउन, कैलाली । कैलालीको सीमा नाका त्रीनगर भन्सारको बाटो हुँदै भारत तर्फ बिक्रीका लागि लैजान लागेको आशंकामा प्रहरीले ३ जना महिलाको उद्धार गरेको छ ।

उनीहरुलाई लैजाँदै गरेका दुई पुरुषलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

कैलालीको टीकापुर नगरपालिका १३ घर भइ लम्कीमा प्रेश मेशिनमा काम गर्ने शिवराज सन्ज्याल, टीकापुरमै पुस्तक पसल संचालन गरेर बसेका कमल चौधरीले भारतीय दलालको आग्रहमा उनीहरुलाई दिल्ली पठाउन लागेको प्रहरीसँगको बयानमा बताएका छन् ।

सन्ज्याल प्रेस बनाउने काम गर्ने भएकोले दिल्ली भएको बेला भेट भएका नेपाली भाषीको अनुरोधमा ती महिलाहरुलाई आफूले बोर्डर कटाउन लागेको बताए ।

१ जनालाई सीमा पार गराएवापत ५ हजार भारतीय रुपैयाँ पाउने मोहमा आफुले ती महिलालाई भारतीय नाका गौरीफन्टा पुर्‍याउन गएको उनले प्रहरीसमक्ष बताएका छन् ।

त्यसका लागि टीकापुरमै चिनजान भएका कमल चौधरीलाई समेत प्रयोग गरेर भारतीय बजारतर्फ गइरहेको अवस्थामा शंका लागेर सोधपुछ गर्दा उनीहरुको कुरा बाझिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी अर्जुन चन्दले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका जाजरकोट, रोल्पा र चितवन घर भएका महिलाहरुले आफुहरुलाई दुवई कामका लागि पाठउने भनेर दिल्ली जान लागेको बताएपनि दिल्लीमा कसको सम्पर्कमा जान लागेको थाहा नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment