Comments Add Comment

भोजपुर जिससमा एमाले र माओवादीको गठबन्धन

२७ साउन, भोजपुर । भोजपुरको जिल्ला समन्वय समितिमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त गठबन्धन गरेर उम्मेद्वारीको मनोनयन दर्ता गराएका छन् । यससँगै लामो समयदेखिको नेपाली कांग्रेससँगको गठबन्धनलाई माओवादी केन्द्रले औपचारीक रुपमा तोडेको छ ।

दोस्रो संविधानसभाको चुनावपछि जिल्लामा एमालेविरुद्ध कांग्रेस लगायत साना ७ दल सहित गठबन्धन गर्दै आएको माओवादी केन्द्रले जिल्ला समन्वय समिति गठनको लागि पुरानो गठबन्धन तोडेर नेकपा एमालेसँग तालमेल गरेको हो । स्थानीय तह निर्वाचनमा पनि अधिकांश स्थानमा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमवीच घोषित चुनावी तालमेल भएको थियो । जिल्लामा भइरहेका गठबन्धनको प्रत्यक्ष लाभ भने नेपाली कांग्रेसले बढी लिइरहेको थियो ।

२ नगरपालिका र ७ वटा गाउँपालिकासहित जम्मा ९ वटा स्थानीय तह रहेको भोजपुरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांगे्रसले ४, एमालेले ४ र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित हात पारेका थिए । ९ वटा स्थानीय तहबाट कुल १८ मतदाता रहेको जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमालेको ९, नेपाली कांग्रेसको ५ र माओवादी केन्द्रको ४ मत छ ।

कसैको पनि बहुमत नपुग्ने भएपछि दलहरुलाई गठबन्धन गनुर्ुुपर्ने बाध्यता थियो । गठबन्धनको क्रममा कांग्रेस र माओवादी मिल्दा एमालेसँग बराबर हुने र गोलाप्रथाबाट नेतृत्व छान्नुपर्ने भएपछि एमाले र माओवादीबीचको गठबन्धन बनेको हो । एमाले र माओवादी केन्द्र मिल्दा १३ मत भएको छ ।

जिल्ला समन्वय समिति निर्वाचनको लागि नेकपा एमालेले प्रमुख सहित ५ र माओवादी केन्द्रले उपप्रमुख सहित ४ पदमा उम्मेदवारी दिएको छ । त्यस्तै नेपाली कांग्रेसले प्रमुख सहित ३ पदमा उम्मेदवारी दिएको छ ।

प्रमुखमा एमालेका लक्ष्मण खड्का, उपप्रमुखमा माओवादी केन्द्रकी अनिष खड्का, सदस्यहरुमा एमालेका तर्फबाट रमा राई, सविना राई पेमदोर्ची शेर्पा, ध्यानबहादुर राउत र माओवादी केन्द्रबाट बाबुराम बञ्जरा, गोमा राई र टंकबहादुर तामाङले उम्मेदवारी दिएका छन् । नेपाली कांगे्रसबाट प्रमुखमा डम्बरकुमार श्रेष्ठ र सदस्यहरुमा गिरेन्द्र खड्का र इन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment