Comments Add Comment

अनेरास्ववियुको बिस्तारीत बैठक पुनः स्थगित

३० साउन, चितवन । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको चितवनमा हुने भनिएको केन्द्रीय कमिटी र राष्ट्रिय प्रतिनिधि परिषदको बिस्तारीत बैठक स्थगित भएको छ ।

देशको तराई क्षेत्रमा प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएकोले बैंठक स्थगित गरिएको बताइएको छ ।

अनेरास्ववियुका सबै विद्यार्थीहरु राहात र उद्धारमा जुट्नुपर्ने भएकोले हाललाई बैठक स्थगित गरिएको महासचिव ऐन महर जानकारी दिए । बैठक भदौ २ देखि ५ गतेसम्म भरतपुरमा आयोजना गरिएको थियो ।

विस्तारित बैठक भदौ महिनाभित्र नै गर्ने महासचिव महरले बताए । बैंठकको तयारी अन्तिम अबस्थामा पुगेको अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकले बताए ।

यसअघि साउन २२ देखि २५ गतेसम्मका लागि तोकिएको बैठकपनि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment