Comments Add Comment

बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

३० साउन, इटहरी । बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा इटहरी आइपुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले सेहेरा र बुढी खोलाको तटबन्धन बाध्ने आश्वसन दिएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमा इटहरी आएका देउवाले सेहेरा र बुढी खोला इटहरी प्रवेश गरी धनजनको क्षती गरेको भन्दै तटबन्धन बाध्न बजेट छुट्याउने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले इटहरीस्थित कृष्ण प्रणामी मन्दिरमा पीडितहरुसँग संक्षिप्त कुराकानी पनि गरे ।

बाढीले तराई क्षेत्रमा विनास गरेको भन्दै उनले तत्कालका लागि बस्ने खाने ब्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

उनले बाढीमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री जर्नार्दन शर्मा, रक्षामन्त्री भीमसनदास प्रधान, नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्री, नेपाल प्रहरी आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, गृह सचिव लगायतले हेलिकोप्टर मार्फत सुनसरी तथा मोरङका बाढी प्रभावित विभिन्न क्षेत्र को अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment