Comments Add Comment

आधाजसो महिलाले चिन्दैनन् आफ्नै गोप्य अंग !

इन्टरनेटको आगमनपछि अश्लील फिल्महरुको बाढी नै आएको छ । हरेकको हातमा स्मार्टफोन भईसकेपछि यस्ता फिल्म तथा अन्यखाले अश्लील सामग्री जो कोहीलाई पनि चौबिसै घन्टा सुलभ बनेका छन् । यहाँसम्म कि धेरै मानिसहरु त अश्लीलताको कुलतमा फसेका छन् ।

यस्तोमा बेलायतजस्तो देश जहाँ यौन शिक्षा लागू पनि भएको छ, त्यहाँ नै आफ्ना यौनांगहरुका बारेमा स्वयं महिलाहरु नै अन्जान छन् ।

एक अध्ययन अनुसार आधाजसो बेलायती पुरुषहरु महिलाका यौन अंग चिन्न असमर्थ छन् । यो भन्दा अझ हैरान लाग्ने कुरा के भने करिब आधा महिला पनि आफ्नो गोप्य अंगको बारेमा सही तबरले जानेका छैनन् ।

यौनांगको क्यान्सरसम्बन्धी अनुसन्धान संस्था इभ अपिलले हालै १ हजार पुरुषहरुलाई महिलाका यौन तथा प्रजनन अंगहरु सम्बन्धी चित्र प्रदर्शन गर्यो । त्यसमा योनी, योनीको भल्भा, पाठेघर, अण्डासय, डिम्बबाहिनी नली आदि थिए । ती एक हजार पुरुषमध्ये आधाजसोले त महिलाको योनी कुन हो भन्ने नै पत्ता लगाउन सकेनन् ।
सेप्टेम्बर महिना यौनांग क्यान्सर जनचेतना दिवसको महिना हो । तर हरेक ६ जनामा एकजना पुरुषलाई स्त्री तथा यौनरोगका विषयमा थाहा नै छैन र उनीहरु महिलाका यस्ता यौनिक विषयमा जानकारी हुनुपर्छ भन्ने पनि ठान्दैनन् ।

इभी अपिलले महिलामा पनि एउटा सर्भेक्षण गरेको छ । जसमा सहभागी गराइएका ४४ प्रतिशत महिलाले पनि चित्रमा देखाइएको आफ्नै शरीरको योनी पनि चिन्न सकेनन् । ६० प्रतिशत महिलाले यौनांगको भल्भा भन्ने भाग चिन्न सकेनन् । यसको अर्थ बेलायतका आधा महिलालाई आफ्नै यौनांगको बारेमा पनि जानकारी छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment