Comments Add Comment

ओप्पोद्वारा ‘फादर्स डे सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

१८ भदौ, काठमाडौं । ओप्पोद्वारा बुवाको मुख हेर्ने दिन (कुशे औंसी)को अवसरमा आयोजित ‘ओप्पो फादर्स डे सेल्फी कन्टेष्ट’का विजेताहरुलाई आकर्षक गिफ्ट हृयाम्पर वितरण गरिएको छ ।

भदौ ८ देखि १४ सम्म आयोजित उक्त प्रतियोगिताको विजेताका रुपमा बेन्जना कौशिक, निर्मल बोगटी, सूर्यप्रकाश श्रेष्ठ र प्रवेशमान पति छनोट भएका हुन् ।

कम्पनीले काठमाडौं सिटी सेन्टरमा अवस्थित आफ्नो ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई गिफ्ट हृयाम्पर हस्तान्तरण गरेको हो । कार्यक्रममा ओप्पोकोे नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले विजेतालाई पुरस्कार स्वरुप गिफ्ट हृयाम्पर हस्तान्तरण गरेका थिए ।

‘नेपालमा फेसबुक मार्फत आयोजित ओप्पोको यो दोस्रो सेल्फी कन्टेष्ट हो । प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला प्रदान गरेको छ’, पुरस्कार वितरण समारोहमा बोल्दै झाओले भने, ‘हामी चाँडै नै अझ आकर्षक उपहार सहित नयाँ-नयाँ प्रतियोगिता लिएर तपाईँ सामु प्रस्तुत हुनेछौँ ।’

ओप्पोले नेपाली प्रयोगकर्तासँग स्थानीय चाडपर्वको माध्यमबाट सामिप्यता बढाउन चाडपर्वका अवसरमा पर्वसँग सम्बन्धित प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । यही सन्दर्भमा बुबाको मुख हेर्ने दिनको अवसर पारी कम्पनीले यसपटक सेल्फी कन्टेष्ट आयोजना गरेको हो ।

६ दिनका लागि आयोजित सेल्फी कन्टेष्ट अन्तर्गत कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत ईच्छुकलाई आफ्ना बुवासँगको उत्कृष्ट सेल्फी कमेण्ट बक्स मार्फत प्रेषित गर्न अनुरोध गरिएको थियो । कमेण्ट बक्स तथा इनबक्सको माध्यमबाट प्रतियोगितामा ६ सय भन्दा बढीले उत्साहजनक सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment